आईसीसी विश्वकप लिग–२मा आज नेपाल र यूएई भिड्दै
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र यूएई भिड्दैछन् । त्रिवि क्रिकेट मैदानमा शुरु खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा हुनेछन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ । त्रिकोणात्मक सिरिजमा नेपाल, यूएई र ओमान भिड्दैछन् ।
वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देश ओमान, नेपाल र यूएईले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ । यसअघिका दुई खेलमा नेपाल र यूएईले एकएक जित निकालेका छन् । पहिलो खेलमा नेपालले यूएईमाथि ३७ रनले विजयी भयो भने ओमानसँग १०२ रनले पराजित भयो ।
![]() |
![]() |
![]() |
|---|



