बालाजु क्षेत्रका घर टहरा पनि भत्काइयो
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु क्षेत्रको खोला किनारमा बनाइएका घर टहरा पनि भत्काइएको छ । कतिपयले आफ्नो घर आफैं भत्काएका छन् । उनीहरुले घरका सामान अन्येत्र सारिरहेका छन् ।

सो क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत रुपले बनाइएका घर टहरा भत्काउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । सो सूचना अनुसार काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै ठाउँ खाली गर्न भनेको थियो ।
घर भत्काउने पूर्वसूचना पाएपछि कतिपयले घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा र फर्निचर निकालेर सारेका थिए ।
![]() |
![]() |
![]() |
|---|
आजै काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्र र वडा नम्बर ११ को वंशीघाट क्षेत्र (टेकु नजिक)मा बनाइएका अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर प्रयोग गरी भत्काइएको छ।
आजै काठमाडौं महानगरपालिका वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा पनि डोजर चलाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउन सुरु गरेको हो ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



