Close

Recent Posts

इरानविरुद्ध पहिलोपटक हाइपरसोनिक मिसाइल हान्ने विचार गर्दै अमेरिका

इरानविरुद्ध पहिलोपटक हाइपरसोनिक मिसाइल हान्ने विचार गर्दै अमेरिका
  • १८ बैशाख २०८३, शुक्रबार २०:५९

काठमाडौं– अमेरिकाले पहिलोपटक इरानविरुद्ध हाइपरसोनिक मिसाइल प्रयोग गर्ने सम्भावना देखिएको छ ।

mulpatra

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का कमान्डरले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष इरानविरुद्ध सम्भावित आक्रमणका विकल्प प्रस्तुत गर्ने क्रममा हाइपरसोनिक मिसाइल प्रयोगको प्रस्ताव पनि राखेका हुन् ।

फक्स न्युजका अनुसार सेन्टकम कमान्डर एडमिरल ब्राड कुपरले ह्वाइट हाउस सिचुएसन रुममा ट्रम्पसँग भेट गर्दै उक्त विकल्प प्रस्तुत गरेका हुन् ।

mulpatra mulpatra mulpatra

फक्स न्युजले भनेको छ, ‘त्यस क्रममा उनले भने– सानो तर धेरै शक्तिशाली हमला सुरु गर्न सकिन्छ ।’ रिपोर्टअनुसार यो आक्रमणले इरानका बाँकी सैन्य बल, नेता र महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाउन सक्छ ।

अमेरिकाको रक्षा मन्त्रालयले ‘डार्क इगल’ नामक हाइपरसोनिक मिसाइलसहित नयाँ र उन्नत हतियारको प्रयोग गर्नेबारे पनि विचार गरिरहेको छ ।

यो मिसाइलले २ हजार माइल (लगभग ३२०० किलोमिटर) सम्म प्रहार गर्न सक्छ र इरानका बाँकी ब्यालिस्टिक मिसाइल लन्चरलाई निसाना बनाउन सक्छ ।

Image Source: © https://mulpatra.com

साथै अमेरिकाले मध्यपूर्वमा बी–१बी ल्यान्सर बमवर्षक विमानको तैनाथी पनि बढाइरहेको छ । जसले हाइपरसोनिक मिसाइलसहित ठुलो मात्रामा हतियार बोक्न सक्छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com