Close

Recent Posts

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य
  • १८ बैशाख २०८३, शुक्रबार १४:०८

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुस्थित टियु मैदानमा जारी खेलमा नेपालले २९० रनको लक्ष्य दिएको छ ।

mulpatra

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट हुन पुगे ।

यस्तै, विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे । बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिए ।

mulpatra mulpatra mulpatra

यसअघिको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो ।