Close

Recent Posts

सासु कोषमा १८ महिनासम्म आबद्ध भएको श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने

सासु कोषमा १८ महिनासम्म आबद्ध भएको श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
  • १८ बैशाख २०८३, शुक्रबार १९:५५

काठमाडौं– सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकहरूले घरेडी किन्नका लागि १ करोड ५० लाख रूपैयाँसम्म ऋण पाउने भएका छन् ।

mulpatra

कोषले पहिलो पटक श्रमिकलाई घडेरी कर्जाको योजना अघि सारेको हो । कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषले हाल घर कर्जा, घर निर्माण कर्जा, शैक्षिक कर्जा लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

कोषमा योगदान गर्ने श्रमिकले गरेको योगदानका आधारमा अधिकतम १ करोड ५० लाख रूपैयाँसम्म ६ प्रतिशत ब्याजदरमा घडेरी किन्नका लागि कर्जाको व्यवस्था गरेको प्रवक्ता अधिकारीले बताए ।

mulpatra mulpatra mulpatra

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा १ करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

त्यसका लागि कोषमा नियमित रूपमा १८ महिनासम्म आबद्ध भएर मासिक रूपमा योगदान गर्नुपर्ने उनको भनाइ छ । श्रमिकले कोषमा योगदान गरेको रकमको आधारमा उक्त अधिकतमसम्म ऋण प्रदान गरिने उनले जानकारी दिए ।