Close

Recent Posts

सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, राष्ट्रपति कार्यालयमा गयो अध्यादेश

सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, राष्ट्रपति कार्यालयमा गयो अध्यादेश
  • १८ बैशाख २०८३, शुक्रबार १५:३१

काठमाडौं– सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ मा संशोधन गरेको छ ।

mulpatra

अध्यादेशमार्फत गरिएको उक्त संशोधनले अवैध रूपमा आर्जित सम्पत्तिलाई वैध बनाउने कार्य रोक्न तथा त्यस्ता गतिविधिमा संलग्नलाई थप प्रभावकारी रूपमा कारबाही गर्न कानुनी व्यवस्था कडा बनाउने लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि एकैपटक आठ वटा अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइएको छ । ती अध्यादेशहरू राष्ट्रपति कार्यालयमा क्रमशः पठाइएका छन्, जसमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पछिल्लो चरणमा समावेश गरिएको हो ।

mulpatra mulpatra mulpatra

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यका अनुसार हालसम्म दुई वटा अध्यादेश प्रमाणीकरण भई जारी भइसकेका छन् भने बाँकी छ वटा अध्यादेश जारी हुन बाँकी छन् ।

उनका अनुसार हिजो सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिद नियमावली संशोधनसम्बन्धी अध्यादेश जारी गरिएको थियो। बाँकी अध्यादेशहरू जारी हुने प्रक्रियामा रहे पनि आज नै थप अध्यादेश जारी हुनेबारे भने निश्चित जानकारी नभएको उनले बताएका छन् ।

सरकारले ल्याएको यो संशोधनलाई वित्तीय अपराध नियन्त्रण र पारदर्शिता अभिवृद्धि गर्ने प्रयासका रूपमा हेरिएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com