राष्ट्रपतिले जारी गरे तीन वटा अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा अध्यादेश जारी गरेका छन् । सरकारले ल्याएका ६ अध्यादेश मध्ये तीन अध्यादेश जारी गरेको र अरु अध्ययनका क्रममा रहेको श्रोतले जनाएको छ ।

हिजो साँझ सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी हुन् । यस अघि बिहीबार सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्दै ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका थिए । सोही दिन सहकारी सम्बन्धी सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिसकेका छन् र
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत् अध्यादेश जारी भएको जानकारी दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|



