Close

Recent Posts

अन्जन श्रेष्ठको नेतृत्वमा महासंघ, यी हुन कार्यसमितिमा निर्वाचित

अन्जन श्रेष्ठको नेतृत्वमा महासंघ, यी हुन कार्यसमितिमा निर्वाचित
  • २३ बैशाख २०८३, बुधबार १६:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । विद्यमान विधानको प्रावधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था बमोजिम महासंघको ६० औं बार्षिक साधारण सभाबाट अन्जन श्रेष्ठले अबको तीन बर्ष महासंघ हाक्ने छन ।

mulpatra

हिजो मंगलबार भएको मतदान आज सकिएको छ । यस साधारण सभाबाट विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसअनुसार जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएकाछ छन् भने वस्तुगततर्फका उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । त्यसैगरि एसोसिएटतर्फ प्रबलजंग पाण्डे विजयी भएका छन् ।

mulpatra mulpatra mulpatra

वस्तुगत महासंघबाट कार्यसमिति सदस्य दुई निर्वाचित हुनुपर्नेमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भए । वस्तुगत समूहतर्फ १४ जना कार्यसमिति सदस्यमा १ जना अनिवार्य महिला र अन्य १३ जना निर्वाचित भएका छन् । जस अनुसार अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान र संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् भने महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भएका छन् ।

वस्तुगततर्फ ४ जनाले भने समान ५०–५० मत पाएर बराबर भएका छन् । उनीहरुले आलोपालो गर्ने निर्णय गरेका छन् । जसअनुसार १ जनाले डेढ बर्ष केन्द्रीय सदस्य भएर महासंघमा काम गर्नेछन् ।

जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ १५ जना कार्यसमिति सदस्यमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।

Image Source: © https://mulpatra.com

जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ दुई महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई निर्वाचित भए । प्रदेशतर्फ जिल्ला र नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भए ।

जस अनुसार कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन् । गण्डकी प्रदेशबाट पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन् । सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन् ।

एसोसिएट कार्यसमिति सदस्य १७ जनामा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी र बटु लामिछाने विजयी भए ।

यसैगरी बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छासमेत विजयी भएका छन् । एसोसिएट महिलामा २ कार्यसमिति सदस्य निर्वाचित भए । जसमा अभिज्ञा मल्ल र जुना माथेमा छ्न् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक कार्यसमिति सदस्य निर्वाचित हुने प्रावधान अनुसार मनोज पौडेल विजयी भए ।

संस्थापक सदस्य समूहबाट दुई कार्यसमिति सदस्य निर्वाचित भए । जसमा गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ विजयी भए ।

महासंघको उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाएकाले यस कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष भने निर्वाचित सदस्यले पछि निर्णय गर्ने छन् । त्यसैगरि कोषाध्यक्ष समेत सोही समितिबाट मनोनित हुनेछन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com