सरकार जालजेलमा लागेको गगन थापाको आरोप
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार जालझेलमा लागेको आरोप लगाएका छन् । सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री वालेन्द्र शाह जालझेलमा लागेको बताएका हुन।

उनले प्रधानन्यायधीश समेत खल्तीबाट बनाउन लागेको समेत बताएका छन् । प्रधानन्यायाधीश वरिष्ठलाई बनाउनुको सट्टा आफ्नो खल्तीबाट बनाउने प्रक्रियामा अघि बढे दुर्भाग्य हुने उनको भनाइ छ ।
केपी ओली प्रधानमन्त्री भएको बेला उनले भनेका कुरा सम्झाउँदै भने ‘केपी ओलीजीलाई तपाईं भ्रममा हुनुहुन्छ भनेर सम्झाएको थिएँ । दुईतिहाइ छ भनेर भ्रममा पर्न हुँदैन । सरकार दुईतिहाइ वा बहुमतले नै हुने हो भनेर सम्झाएको थिएँ,’ थापाले भने, ‘दुईतिहाइ छ, मैले जे गरे पनि हुन्छ । जे कानुन बनाए पनि हुन्छ भन्ने भ्रमले तपाईंलाई डुबाउँछ भनेको थिएँ । यो सरकार पनि त्यस्तै भ्रममा छ ।’
![]() |
![]() |
![]() |
|---|
संवैधानिक परिषद सम्बन्धी अध्यादेश जालझेल गर्न ल्याइएको आरोप समेत थापाले लगाएका छन् । प्रधानन्यायधिश नियुक्तिको विषयमा बोल्दै उनले भने ‘प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने रास्वपाले सोचिसकेको छ। आफ्नो खल्तीबाट झिकेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन अध्यादेशको प्रपञ्च रचिएको छ,ु उनले भने, ‘पहिलेको प्रधानमन्त्रीले पनि अध्यादेशको बाटोबाट जालझेल गर्नुभयो। अहिलेका प्रधानमन्त्रीले पनि त्यही जालझेल गर्दै हुनुहुन्छ।’
संवैधानिक निकायमा सरकार प्रमुखको नियन्त्रण नहोस् भनेरै संवैधानिक परिषदमा सदस्यहरूको व्यवस्था संविधानमा गरेको उनको भनाइ छ।
सरकार बहुमतले बनाउने हुनाले कानुन बनाउन कुनै बन्देज नभएको समेत उनले बताएका छन् । ‘सरकार जहिल्यै बहुमतमा हुन्छ । बहुमतले कानुन बनाउन पाउँछ । कानुनको कसरी प्रयोग गर्ने भन्नेमा सरकारको ख्याल पुगेको छैन । तर, अध्यादेश ल्याउनै पाइँदैन भनेर उठाउने कुरा उपयुक्त होइन । हिजो हामीले पनि ल्याएको थियौँ,’ थापाले भने, ‘अध्यादेश केका लागि कुन नियतले ल्याएको भन्ने कुरामा जोडिन्छ ।
Image Source: © https://mulpatra.com
प्रत्येक अध्यादेश संसदमा आइसकेपछि भोलि प्रतिस्थापन विधेयकमा रूपमा आउँदा कुन विषय संविधानसम्मत छ । कुन छैन जाँच्ने काम संसदको हो । संवैधानिक परिषद्सम्बन्धी व्यस्थामा हाम्रो आपत्ति छ । यो कुरा संविधानमा किन राखियो भनेर हेर्नुपर्छ ।’
कानुन भन्दा माथि कोही नहुने र सुकुम्बासी बस्तीमा डोजर चलाएर सरकारले आतंक मच्चाइएको समेत उनले आरोप लगाएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



