Close

Recent Posts

सरकारको निर्देशनः सरकारी जग्गामा बनेका संरचना खाली गर

सरकारको निर्देशनः सरकारी जग्गामा बनेका संरचना खाली गर
  • २३ बैशाख २०८३, बुधबार २१:१०

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गामा निर्माण गरिएका संरचना खाली गर्न निर्देशन दिएको छ । सरकारले भोगाधिकारमा लिइएका जग्गामा निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको हो।

mulpatra

मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को दफा २१ को उपदफा (२) बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो।

सरकारले तोकेको समयमा लिजमा परिणत गर्न कसैले निवेदन नदिएका कारण सरकारी जग्गामा बनेको संरचनाको भोगाधिकार कानुनतः समाप्त भएको कारण तत्काल खाली गर्न सूचना जारी गरेको छ ।

mulpatra mulpatra mulpatra

मन्त्रालयले सम्झौता बमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा निर्माण गरिएका संरचना समेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ।