Close

Recent Posts

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारीस हुने सक्ने

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारीस हुने सक्ने
  • २४ बैशाख २०८३, बिहीबार ०७:३०

काठमाडौँ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रिपतिबाट स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाहले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानन्यायधिश लामोसमय देखि रिक्त भएकोले प्रधानन्यायधिश सिफारीस गर्नका लागि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

mulpatra

अध्यादेश मार्फत संवैधानिक परिषद्को नयाँ व्यवस्थाअनुसार परिषद्को जम्मा सदस्य संख्या ६ मध्ये ४ जना उपस्थिति भएमा गणपुरक संख्या मानिने र तीन जनाको बुहमत भएमा निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको छ ।

संवैधानिक परिषद्को संरचनाअनुसार प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता र प्रधानन्यायाधीश रहनेछन् ।

mulpatra mulpatra mulpatra

हाल परिषद्मा प्रधानमन्त्री बालेन शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे सदस्य रहेका छन् । त्यस्तै, सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको रूपमा परिषद्मा सहभागी हुनेछिन् ।

संवैधानिक परिषदले सिफारीस गर्ने प्रधानन्यायधिशका लागि ६ जनाको नाम सिफारीस भएको छ । सिफारीसमा एक नम्बरमा कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल रहेकी छिन । न्यायपरिषद्ले सिफारीस गरेको अन्यमा न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम रहेको छ ।

यसै मध्यबाट प्रधानन्यायाधीशको लागि संवैधानिक परिषदले नाम सिफारीस गर्नेछ । प्रधानमन्त्री बालेन शाहले नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठमध्ये एक जनालाई प्रधानन्यायाधिश सिफारीस गर्न सक्ने श्रोतले बताएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com