Close

Recent Posts

बागमती प्रदेशमा तेस्रो भाषा दिवस, आज प्रदेशभर सार्वजनिक बिदा

बागमती प्रदेशमा तेस्रो भाषा दिवस, आज प्रदेशभर सार्वजनिक बिदा
  • २४ बैशाख २०८३, बिहीबार ०७:१५

बागमती प्रदेश सरकारले आज (बिहीबार) तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदैछ। दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको छ।

mulpatra

प्रदेश सरकारको कामकाजको भाषा सम्बन्धी ऐन, २०८० कार्यान्वयनमा आएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २४ गते प्रदेश भाषा दिवस मनाइँदै आएको हो। उक्त ऐन २०८० कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो भने ऐनको व्यवस्था अनुसार १८० दिनपछि कार्यान्वयनमा आएको दिनलाई आधार मानी २०८१ सालदेखि भाषा दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा आज बिहान भक्तपुर को दूधपाटीबाट सुरु हुने र्‍याली भक्तपुर दरबार क्षेत्र, दत्तात्रेय, कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म पुग्ने कार्यक्रम तय गरिएको छ। र्‍यालीपछि लन्चा फल्चा भत्क्यापाटीमा विशेष समारोह आयोजना गरिने जनाइएको छ।

mulpatra mulpatra mulpatra

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय ले सूचना जारी गरि प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको हो।