६ सदस्यीय संवैधानिक परिषद्मा बहुमत ३ जनाको हुन नसक्ने शर्माको भनाइ
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ६ सदस्यीय संवैधानिक परिषद्मा बहुमत ३ जनाको हुन नसक्ने बताएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले हालै जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश, २०८३ मा संवैधानिक परिषद् बैठकमा उपस्थित सदस्यको बहुमतले निर्णय गर्ने बाटो खुलाइको छ । त्यो भनेको तीन जना एकातिर हुँदा पनि प्रधानमन्त्री शाह जता उभिन्छन्, त्यसमै बहुमत रहेको मानिनेछ ।
तर कांग्रेस उपसभापति शर्माले सर्वोच्च अदालतले गरेको एउटा व्याख्याको नजिर सुनाउँदै प्रधानमन्त्री शाहलाई त्यस्तो गर्न नमिल्ने जिकिर गरेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
शर्माले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रधानमन्त्रीलाई एउटा नजिर! १४ जेठ ०८१ मा सर्वोच्चले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत हुन ३१ सदस्य अनिवार्य हुने व्याख्या ग¥यो । अर्थात् बहुमत हुन बहुसंख्या नै हुनुपर्छ । अर्थात् ६ सदस्यीय संवैधानिक परिषद्मा बहुमत ३ जनाको हुन सक्दैन।’
सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आजै संवैधानिक परिषद्को बैठक बस्दै छ ।
संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्देशनअनुसार परिषद् सचिवालयले बैठक बोलाएको हो । बैठक आज साँझ ५ बजे बस्ने सचिवालयले जनाएको छ ।
Image Source: © https://mulpatra.com
संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ हो ।
बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीलाई बोलाइएको छ ।
प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि वरिष्ठतम न्यायाधीशको सपना प्रधान मल्ल यतिबेला सर्वोच्चमा कायम मुकायम (कामु) प्रधानन्यायाधीश छिन् ।
परिषद् बैठकमा कामु प्रधानन्यायाधीश सदस्यका रूपमा उपस्थित हुन नपाउने संवैधानिक व्यवस्था छ ।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा त्यतिबेला वरिष्ठतम न्यायाधीश रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, न्यायाधीश डा.मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीले पनि प्रधानन्यायाधीशको आकांक्षा राखेका स्रोतले जनाएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



