Close

Recent Posts

बालेन अनि नेपालको भविष्यसँग जोडिएका ११ योजना

सबै समस्याको समाधान उनै सरकार मात्र हो र ? (भिडियो हेरौं)

बालेन अनि नेपालको भविष्यसँग जोडिएका ११ योजनासबै समस्याको समाधान उनै सरकार मात्र हो र ? (भिडियो हेरौं)
  • २५ बैशाख २०८३, शुक्रबार १६:४०

काठमाडौं– प्रधानमन्त्री बालेन शाह (काठमाडौंका मेयर) बाट उदय भएका व्यक्ति हुन् । विशेषगरी युवापुस्तामा उनीप्रतिको आकर्षणले पुरानो दलगत संरचना र परम्परागत राजनीति माथि प्रश्न उठाएको छ ।

mulpatra

अहिले उनले नेपाललाई कस्तो बनाउन खोज्दै छन् भन्ने प्रश्नको विषय पनि बनेको छ । उनको सबैभन्दा ठूलो एजेन्डा भनेको राज्य संयन्त्रमा हुने भ्रष्टाचार र राजनीतिक हस्तक्षेप हटाउनु हो । सोही अनुसार काम पनि गरे ।

सरकारको १०० बुँदे सुधार योजनामा पनि ‘राजनीतिक हस्तक्षेप अन्त्य र पारदर्शी प्रशासन’ लाई मुख्य योजना नै बनाएको छ ।

mulpatra mulpatra mulpatra

बालेन देशलाई राजनीतिभन्दा विकासलाई प्राथमिकतासँगै ढिलाइ हुने परियोजना छिटो अघि बढाउने र नतिजामुखी शासन शैलीमा जाने सोच्नमा छन् । तर किन जनमतमाथि विश्वास नगरी अध्यादेशमार्फत शासन खोज्दैछन् ।

उनले एक साताभित्र ८ वटा अध्यादेश ल्याए । यसको पछाडी उनले आफनो शासन पनि अध्यादेशमार्फत नै चलाउन खोजेको हुन् कि भन्ने अर्को प्रश्न उठेको छ ।

बालेन सरकारमा आएको ४२ दिन भयो सबैभ्न्दा ठुलो काम भनेको सुकुम्बासी समस्या समाधान गर्नु नै हो । सुकुम्बासी गर्दा पनि जबरजस्त डोजर चलाएको राजनीतिक दलसहित कतिपय आमनागरिकमा प्रश्नको विषय बनेको छ ।

Image Source: © https://mulpatra.com

नेपालमा देखिएको ‘नयाँ राजनीतिक चेतना’ को संकेतको प्रतिनिधित्व गरेका शाहले नेपाल निर्माणको कुन मोडल कोर्न खोज्दैछन् भन्ने चासो र दोधार आम नेपालीमा छ ।

प्रधानमन्त्री भएपछि शाहले सुरुमा स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेपछि प्रशासनिक अनुशासन, अनधिकृत संरचना हटाउने प्रयास, र शहर व्यवस्थापनमा कठोर शैली अपनाए ।

यसले एकतर्फी रूपमा ‘काम गर्ने नेतृत्व’ को छवि बनायो, अर्कोतर्फ सहकार्य र राजनीतिक समन्वयको अभावको आलोचना पनि बढायो ।

‘बालेन र भविष्यको नेपाल’ कस्तो बन्छ र बनाउन खोजीको हो । यो विषयमा मूलपत्र सचिवालयसँग बुझेको थियो । तर स्यंम बालेनको सचिवालयपनि उनको योजनाका विषयमा अविज्ञ छ ।

बालेन नेपालका लागि केवल आसा वा निराशाको दुई ध्रुवमा सीमित गर्नु उचित हुँदैन । यो प्रश्न वास्तवमा नेपाल कस्तो बाटोमा जाने भन्ने ठूलो बहस हो—व्यक्ति केन्द्रित नेतृत्व कि संस्थागत सुधार ?

भविष्यको नेपालका लागि मुख्य चुनौती भनेको व्यक्ति होइन, प्रणाली हो। यदि राज्य संरचना, स्थानीय तह, र संघीय शासन प्रणाली बलियो भएन भने कुनै पनि लोकप्रिय नेतृत्व दीर्घकालीन समाधान बन्न सक्दैन । बालेन जस्ता नेतृत्वले सुधारको गति बढाउन सक्छन्, तर त्यो सुधार संस्थागत नभए फेरि पुरानै समस्यामा फर्किने खतरा रहन्छ ।

अहिलेको राजनीतिकमा शाह नेतृत्वको सरकार परिवर्तनको संकेत भएपनि सम्पूर्ण समाधान भने होइन भन्ने आम जनतामा अर्को प्रश्न समेत उठ्न थालेको छ ।

उनी जस्ता नेतृत्वले बहस खोलिदिएका छन्, अब त्यो बहसलाई नीतिगत, संस्थागत र दीर्घकालीन सुधारतर्फ लैजाने जिम्मा सम्पूर्ण राजनीतिक प्रणाली र नेपाली समेटिनुपर्ने आम नागरिक आवाज समेत उठ्न थालेको छ ।

भिडियो हेरौं

बालेनले देखेका ११ परिवर्तन

पारदर्शी र जवाफदेही शासन प्रणाली
युवाको अर्थपूर्ण सहभागिता
विकासलाई राजनीति भन्दा माथि राख्ने संस्कृति
पूर्व नेताहरू र सरकारी सम्पत्तिको छानबिन
राज्य स्रोतको दुरुपयोग रोक्ने कडा नीति
सरकारी सेवा ‘फेसलेस र टाइम–बाउन्ड’ बनाउने
डिजिटल प्रणालीबाट कागजी झन्झट घटाउने
सेवा प्रवाह छिटो र पारदर्शी बनाउने
दीर्घकालीन लक्ष्यः नेपाललाई मध्यम आयस्तर देश बनाउने
औद्योगिक विकास र लगानी आकर्षण
ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने योजना

प्रकृतिले अत्यन्तै धनी देश हो । हिमाल, पहाड, तराई, जंगल, नदी, ताल र विविध मौसमका कारण नेपालमा वर्षभरि पर्यटन र कृषि दुवै क्षेत्रमा ठूलो सम्भावना छ ।

एकै देशभित्र हिमाली चिसोदेखि तराईको गर्मी मौसमसम्म पाइने भएकाले मौसम अनुसार फरक–फरक खेती गर्न सकिन्छ ।कहीं स्याउ र आलु फल्छ, कहीं चिया र कफी, कहीं धान, सुन्तला वा जडीबुटी नै हो । यसको संरक्षणमा सरकारले नयाँ योजना बनाउन जरुरी छ ।

बालेनको नेपाल बनाउने योजना त बनाइरहेका छन् । तर उनले काम गर्दा आफनो पार्टीसहित अन्य राजनीतिक दललाई वाइपास गदैछन् । यसले उनका ती योजनामा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

सुशासन र कडा कार्यान्वयन

बालेनको मुख्य जोड नियम लागू गराउने कुरामा देखिन्छ–अवैध संरचना हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने, र प्रशासनमा ढिलासुस्ती घटाउने। उनी ‘नियम सबैका लागि बराबर’ भन्ने शैलीमा अघि देखाउन खोजेका छन् ।
मन्त्रालय संख्या घटाउने
प्रशासनलाई छरितो बनाउने
पुराना अड्किएका परियोजना छिटो सम्पन्न गर्ने

शहरी विकास र व्यवस्थित काठमाडौं

काठमाडौंलाई अव्यवस्थित शहरबाट व्यवस्थित, सफा र योजनाबद्ध महानगर बनाउने उनको प्राथमिकता थियो । तर राजनीतिक अवरोधले सफल भएनन् । फोहोर व्यवस्थापन, सडक सुधार, सार्वजनिक स्थानको संरक्षण जस्ता विषयमा उनी सक्रिय चाहिँ देखिए ।

योजनाबद्ध शहरी विकास
सार्वजनिक स्थान संरक्षण
फोहोर व्यवस्थापन र स्वच्छता
स्मार्ट सिटी अवधारणा

भ्रष्टाचार र दलगत हस्तक्षेप कम गर्ने सोच

उनी राजनीतिक दलको सिधा नियन्त्रणभन्दा बाहिर रहेर स्थानीय सरकार चलाउने शैलीमा छन् । त्यसैले उनी पारदर्शिता र जवाफदेहितामा जोड दिदै केहीमा कामदारमा जबरजस्त अघि बढ्ने देखिन्छ ।
सुकुम्बासी समस्या समाधान
अपार्टमेन्ट मोडेल वा व्यवस्थित पुनर्वास
दीर्घ समयदेखि रोकिएका विकास परियोजना अघि बढाउने
पारदर्शिता र शक्तिशाली छानबिन

युवा र प्रविधिमैत्री विकास

डिजिटल प्रणाली, स्मार्ट सिटी अवधारणा, र युवा सहभागितालाई उनले प्रोत्साहन दिने संकेत दिएका छन् । अहिलेसम्म उनले सरकारमा पनि युवा नै लिएर अघि बढ्न खोजेको देखिन्छ ।

राष्ट्रिय सोचतर्फ संकेत (तर सीमित दायरा)

बालेनका अभिव्यक्तिहरूमा ‘नेपाल परिवर्तन’ को ठूलो दृष्टि झल्किन्छ—तर त्यो अझै स्पष्ट नीति वा राष्ट्रिय योजना होइन, बढी जबरजस्त र दृष्टिकोण स्तरमै छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com