स्वास्थ्यमा सरकारले ३ दशकयताकै ठुलो संख्या ९७७ नयाँ स्थायी दरबन्दी थप्यो
काठमाडौं–सरकारले ४ वर्षपछि पहिलोपटक स्वास्थ्य सेवामा ठुलो संख्या थपेको छ । स्वास्थ्य सेवामा ३ दशकयताकै ठुलो संख्या ९७७ नयाँ स्थायी दरबन्दीका लागि निशा मेहता स्वास्थ्यमन्त्रीको प्रस्तावलाई अर्थ मन्त्रालयबाट स्वीकृति दिएको हो ।

देशको जनसंख्या ३ करोड पुग्दा पनि ३४ वर्षदेखि स्थायी दरबन्दीको ढाँचा पुरानै संयन्त्रमा खुम्चिएको थियो ।
स्वास्थ्यमन्त्री मेहताको नेतृत्वमा अघि बढेको यो निर्णय अब मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ लागु हुने उनको सचिवालयले जानकारी दिएको छ ।
![]() |
![]() |
![]() |
|---|
तीन दशकको रिक्ततापछि अहिले ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ पद सिर्जना गरिनु नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य सेवालाई आधुनिक र जनमैत्री बनाउने जग बसाल्ने निर्णायक कदम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार यसअघि अन्तिमपटक २०४८ सालमा ठुलो स्तरमा दरबन्दी सिर्जना गरिएको थियो, जतिबेला देशको जनसंख्या १ करोड ८० लाख मात्र थियो ।



