Close

Recent Posts

बुटवलमा सुकुम्बासीको वृहत प्रदर्शन, बिना विकल्प हटाए सशक्त आन्दोलनको चेतावनी

बुटवलमा सुकुम्बासीको वृहत प्रदर्शन, बिना विकल्प हटाए सशक्त आन्दोलनको चेतावनी
  • २४ बैशाख २०८३, बिहीबार १५:१९

काठमाडौं । बुटवलमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले सरकारको बस्ती हटाउने कदमविरुद्ध वृहत प्रदर्शन गरेका छन्। रुपन्देही जिल्लाभरका विभिन्न क्षेत्रबाट सहभागी हजारौँ प्रदर्शनकारीहरूले राजमार्ग चौराहाबाट सुरु गरेको र्‍याली मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

mulpatra

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले पर्याप्त तयारी र विकल्पबिना बस्ती हटाउने प्रयास गरिएकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताए। प्रदर्शनमा “डोजर आतंक बन्द गर”, “नागरिकलाई विस्थापित होइन स्थापित गर” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो।

प्रदर्शनकारीहरूले विगतमा नापजाँच भइसकेका जग्गामा लालपुर्जा उपलब्ध गराउनुपर्ने, वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने र जबर्जस्ती विस्थापन रोक्नुपर्ने माग अघि सारेका छन्। उनीहरूले कर तिर्न तयार रहे पनि विकल्पबिना हटाइने निर्णय स्वीकार्य नहुने स्पष्ट पारे। रुपन्देहीमा झण्डै ८० हजारभन्दा बढी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी रहेको र तीमध्ये ठूलो संख्याले भूमि समस्या समाधान आयोगमा निवेदन दिएको तथ्य पनि सार्वजनिक गरिएको छ।

mulpatra mulpatra mulpatra

संघर्ष समितिले सरकारसँग संवाद र समाधानको बाटो रोज्न आग्रह गर्दै माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ। बुटवल उपमहानगरपालिकाले भने अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान जारी राख्ने बताएको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा डोजर प्रयोग गरी बस्ती हटाइएका घटनापछि सुकुम्बासीहरूमा त्रास बढेको भन्दै समितिले आवश्यक परे राष्ट्रियस्तरको आन्दोलन गर्ने चेतावनी दिएको छ।