काठमाडौंको २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
काठमाडौं– काठमाडौंका १९ सुकुम्बासी बस्ती खाली गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरण अनुसार सुकुमबासी बस्ती खाली गराउने अभियानअन्तर्गत २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो । जसमा ८९० पक्की र १७९७ कच्ची छन् ।

प्रशासनको तथ्यांक अनुसार १५ हजार ३१६ जना विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ जना बालिका छन् ।
हेर्नुस पूरा विवरण
![]() |
![]() |
![]() |
|---|




