सरकारले भत्काएको सुकुम्वासी बस्तीमा कवाडीलाई फलाम बटुल्न मालामाल
काठाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारलगायत क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बसेका मानिसहरूलाई हटाएर घरटहरामा डोजर चलाएपछि ती क्षेत्र अहिले उजाड बनेका छन् ।

ती ठाउँमा बसेका मानिसहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ । भग्नावशेष बनेका ठाउँमा अहिले कवाडी संकलन गर्नेहरूको चहलपहल छ । उनीहरूका लागि उजाड सुकुम्बासी बस्ती आम्दानीको स्रोत बनेको छ ।
सुकुम्बासी बस्ती हटाएपछि अहिले त्यहाँ पनि कवाडी संकलन गर्नेहरूको चहलपहल बढेको छ । भत्काइएका घरटहराबाट जस्तापाता, फलाम तथा विभिन्न धातुजन्य सामग्री संकलन गर्न बिहानैदेखि कवाडी व्यवसायी पुग्ने गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|



