Close

Recent Posts

मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारीस

मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारीस
  • २४ बैशाख २०८३, बिहीबार १९:४२

काठमाडौं । आज बसेको संवैधानिक परिषद्‌को बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा डा..मनोजकुमार शर्मालाई सिफारिस गरेको छ।

mulpatra

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि बसेको पहिलो बैठकले बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

न्यायपरिषदले सिफारीस गरेको ६ जना न्यायधिश मध्ये चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । यसभन्दा अघि वरिष्ठतम सिफारीसलाई आधार मान्ने गरे पनि यसपटक वरियताक्रम मिचेर शर्मालाई सिफारिस गरिएको छ ।

mulpatra mulpatra mulpatra

पहिलो बरियतामा का.मु प्रधानन्यायधिश सपना प्रधान मल्ल थिइन । दोश्रोमा वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाँल थिए । यी तीनै जनालाई छोडेर चौथो वरियताकालाई सिफारीस गरिएको यो पहिलो घटना हो।

संवैधानिक परिषद्को सिफारिस अब संसदीय सुनुवाइ समितिमा पठाइनेछ। समितिले सुनुवाइ प्रक्रियाबाट नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।