Close

Recent Posts

सर्वोच्चमा बरियता मिचिएपछि बारले बोलायो आकस्मिक बैठक, बालेनको निर्णयमा दुईको ‘नोट अफ डिसेन्ट’

सर्वोच्चमा बरियता मिचिएपछि बारले बोलायो आकस्मिक बैठक, बालेनको निर्णयमा दुईको ‘नोट अफ डिसेन्ट’
  • २५ बैशाख २०८३, शुक्रबार ०६:५३

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारीसमा बरियता मिचेर कष्निष्ट मध्येकालाई सिफारीस गरेपछि बारले आकस्मिक बैठक बोलाएको छ । संवैधानिक परिषद्ले हिजो प्रधानन्यायाधीशमा चौथो वरियतामा रहेका मनोज शर्मालाई सिफारीस गरेको थियो ।

mulpatra

संवैधानिक परिषदेले वरियता मिचे पछि बारका अधिकांश पदाधिकारी तथा पूर्वपदाधिकारीहरु असन्तुष्ट देखिएका छन् । ६ जना सदस्य रहेको संवैधानिक परिषद्मा दुई जनाले नोट अफ डिसेन्ट लेखेपछि र बार भित्रै असुन्तष्ट बढेपछि आफ्नो धारणा बनाउन आज आकस्मिक बैठक बस्न लागेको छ ।

मुलुकको ३३ औं प्रधानन्यायाधीश बन्दै गर्दा सरकारमाथि समेत बरियता मिचिएको आरोप लागेको छ । यसअघि सर्वोच्चमा वरिष्ठताका आधारमा सिफारीस गर्ने परम्परा रही आएको थियो । न्याय परिषद्ले सिफारीस गरेका ६ जना वरियतामा क्रमसः सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र चौथो नम्बरमा मनोज शर्मा, पाँचौ र छैठौं नम्बरमा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ थिए।

mulpatra mulpatra mulpatra

करिब दुई तिहाई नजिक सरकारले सर्वोच्चमा बरियता मिच्न लागेपछि सवैधानिक परिषद्का दुई जना सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।