Close

Recent Posts

हर्कले भित्र्याए सुदनलाई श्रम संस्कृतिमा, पद बाँडफाँडको सहमति

हर्कले भित्र्याए सुदनलाई श्रम संस्कृतिमा, पद बाँडफाँडको सहमति
  • २५ बैशाख २०८३, शुक्रबार ०८:३३

काठमाडौं । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने भएका छन्। केही समयअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद् र साधारण सदस्य पदबाट राजीनामा दिएका किरातीले हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग एकताको सहमति गरेका हुन्। आज दिउँसो औपचारिक घोषणा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

mulpatra

सहमति अनुसार किरातीले पार्टीमा वरिष्ठ नेतासहित दोस्रो वरीयताको उपाध्यक्ष जिम्मेवारी पाउने भएका छन्। किराती पक्षलाई एक सचिव र १५ जना केन्द्रीय सदस्यसमेत दिने समझदारी भएको बताइएको छ। किरातीसँगै प्रलोपाका केही युवा नेताहरू पनि श्रम संस्कृतिमा समाहित हुने तयारीमा छन्।

पार्टी महासचिव आरेन राईले किरातीसँग पटकपटक छलफल भएको र संगठन विस्तारका लागि उनको अनुभव आवश्यक रहेको बताएका छन्। भोजपुरबाट तीन पटक सांसद बनेका किरातीले यसअघि पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।

mulpatra mulpatra mulpatra

चुनावताका नै उनले भोजपुर र धरान क्षेत्रमा श्रम संस्कृतिका उम्मेदवारलाई सहयोग गरेका थिए। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा सात सिट जितेर कोसी प्रदेशमा प्रभाव बढाएको छ। आगामी स्थानीय र प्रदेशसभा चुनावलाई लक्षित गर्दै अनुभवी नेतृत्व भित्र्याएर संगठन मजबुत बनाउने रणनीतिमा पार्टी लागेको बताइएको छ।