हर्कले भने न्यायलयमा मात्र होइन ‘चुपचाप घण्टीछापको करामत’ अन्यमा समेत देखिने वाला छ
काठमाडौं । सरकारले बरियताक्रम मिचेर प्रधानन्यायाधीश सिफारीस गरेपछि प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले आपत्ति जनाएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा वरीयता मिचेर सिफारीस गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

साम्पाङले सरकारको ठूलो असफलताका कारण यो निर्णय लिइएको बताए । उनले प्रधानन्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन भन्दै प्रश्न समेत गरेका छन् । उनले बालेन्द्र शाह सरकारलाई ‘नीतिगत भ्रष्टाचारी सरकार’ समेत भनेका छन् ।
वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायाधीश बनाएर सरकार पुरानो भन्दा खत्तम भएको आरोप लगाएका छन् । नीतिगत भ्रष्टाचार सरकारको अर्को ठूलो असफलताको कारण भन्दै यस्तो हर्कत अन्य कामहरुमा समेत देखिनेवाला छ भन्दै सचेत समेत गराएका छन् । सदन छलेर संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको यही कारण हो भन्दै जनताले चुपचाप घण्टी छाप हानेको भोग्दैछन समेत भन्न भ्याए । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘प्रधानन्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन ? यही गर्नलाई संसद् छलेर अध्यादेश ल्याको हो, नीतिगत भ्रष्टाचारी सरकार ’
![]() |
![]() |
![]() |
|---|



