युद्धविरामका बीच अमेरिकाले होर्मुजमा आक्रमण गरेपछि कच्चा तेलको मूल्य ७.५ प्रतिशतले बढ्यो
काठमाडौं । अमेरिका र इरानबीच युद्धविरामकै बीच होर्मुज जलडमरूमा अमेरिकी आक्रमण गरेपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मुल्य बढेको छ। अमेरिकी सेनाले ओमानको खाडी क्षेत्रमा इरानी तेल ट्यांकरलाई लक्षित गरी कारबाही गरेको आरोप इरानले लगाएको छ भने त्यसपछि उत्पन्न तनावका कारण कच्चा तेलको मूल्य ७.५ प्रतिशतसम्म बढेर प्रति ब्यारेल १०३.७० डलर पुगेको थियो भने एशियाली बजारमा कच्चा तेलको मुल्य १०१.१२ डलर आसपास कायम रहेको छ ।

घटनापछि दुवै देशबीच समुद्री क्षेत्रमा झडप भएको र इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना डुंगामार्फत अमेरिकी नौसैनिक जहाजलाई लक्षित आक्रमण गरिएको अमेरिकी स्रोतहरूले दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना तीनवटा युद्धपोत सुरक्षित रहेको उल्लेख गर्दै इरानलाई थप कडा जवाफ दिन सकिने चेतावनी दिएका छन्। इरानले भने आफ्नो समुद्री क्षेत्रमा भएको आक्रमणको कडा प्रतिकार गर्ने बताएको छ।
![]() |
![]() |
![]() |
|---|



