Close

Recent Posts

किन रोकियो निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम

किन रोकियो निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम
  • २५ बैशाख २०८३, शुक्रबार १२:२३

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला को निर्माण कार्य भुक्तानी अभावका कारण रोकिएको छ। निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीले भरतपुर महानगरपालिकालाई पटक–पटक अनुरोध गर्दा पनि रकम नपाएपछि वैशाख १५ देखि काम स्थगित गरेको जनाएको छ। कम्पनीका अनुसार चैत महिनासम्म निरन्तर काम जारी राखिए पनि भुक्तानी नहुँदा निर्माण अघि बढाउन नसक्ने अवस्था आएको हो।

mulpatra

निर्माण सामग्रीको मूल्यवृद्धि, अभाव र ढुवानी समस्याबीच पनि करिब १३ प्रतिशत काम बिना भुक्तानी सम्पन्न गरिएको थियो। तर पाँच महिनादेखि करिब १० करोड रुपैयाँ बक्यौता भुक्तानी नहुँदा काम रोक्न बाध्य भएको कम्पनीको भनाइ छ। यसअघि पनि विभिन्न मितिमा महानगरलाई पत्र पठाइए पनि कुनै ठोस पहल नभएको बताइएको छ।

उता भरतपुर महानगरपालिकाले भने बागमती प्रदेश सरकारसँग समन्वय भइरहेको र बक्यौता रकम छिट्टै भुक्तानी हुने जनाएको छ। महानगर र प्रदेश सरकारबीच हालै रंगशालाबाट हुने आम्दानी ६०–४० प्रतिशत बाँडफाँड गर्ने सहमति भएपछि मात्र बजेट निकासा प्रक्रिया अघि बढेको हो। आगामी आर्थिक वर्षमा थप बजेट सुनिश्चित हुने विश्वास व्यक्त गर्दै महानगरले काम पुनः सुरु हुने अपेक्षा गरेको छ।

mulpatra mulpatra mulpatra