Close

Recent Posts

सरकारले पदमुक्त गर्‍यो १५ अवैतनिक दूत, कुन–कुन देशमा छन् अवैतनिक दूत ?

सरकारले पदमुक्त गर्‍यो १५ अवैतनिक दूत, कुन–कुन देशमा छन् अवैतनिक दूत ?
  • २५ बैशाख २०८३, शुक्रबार १२:५८

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विदेशस्थित १५ जना अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो।

mulpatra

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार पदमुक्त गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन। साथै बैठकले आगामी २८ गते बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, सरकारले अन्तर्राष्ट्रिय श्रम संगठनका बाध्यकारी श्रमसम्बन्धी सन्धिहरू अनुमोदनका लागि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ।

mulpatra mulpatra mulpatra

कुन–कुन देशमा छन् अवैतनिक दूत ?

नेपालमा हाल विभिन्न देशका लागि अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरू नियुक्त छन्। परराष्ट्र मन्त्रालयका अनुसार करिब ५० भन्दा बढी यस्ता दूत कार्यरत छन्।

अष्ट्रेलिया, बेलारुस, बेल्जियम, बोस्निया र हर्जगोभिना, बुल्गेरिया, क्यानडा, चेक गणतन्त्र, चिली, कोलम्बिया, क्रोएसिया, साइप्रस, डेनमार्क, इक्वेडर, इस्टोनिया, इथियोपिया, फिजी, जर्जिया, ग्रिस, गिनी, हंगेरी, इण्डोनेसिया, इरान, आयरल्याण्ड, इटाली, काजकिस्तान, लाटभिया, लिथुवानिया, लक्जेम्बर्ग, माल्दिभ्स, माल्टा, मेक्सिको, मंगोलिया, मोरक्को, नेदरल्याण्ड्स, पपुवा न्यु गिनी, पेरु, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, तान्जानिया, टर्की, उरुग्वे, भियतनाम।

Image Source: © https://mulpatra.com

अवैतनिक दूतहरू प्रायः नेपालमा आवासीय दूतावास नभएका देशका तर्फबाट नियुक्त हुने गर्छन्। उनीहरूको मुख्य भूमिका द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, आर्थिक कूटनीति प्रवर्द्धन गर्ने, विदेशी पाहुनाको भ्रमण व्यवस्थापन गर्ने तथा आपतकालीन अवस्थामा समन्वय गर्ने हो।

नेपालमा अवैतनिक दूतहरूले निलो नम्बर प्लेट, झण्डा प्रयोग, विशिष्ट कक्ष प्रयोगजस्ता केही कूटनीतिक सुविधा पाउँदै आएका छन्। यद्यपि, विगतमा केही व्यक्तिले उक्त सुविधा दुरुपयोग गरेको आरोप लागेपछि सरकारद्वारा प्रतिबन्ध लगाइएको थियो, जसलाई पछिल्लो समय पुनः खुला गरिएको छ।

सरकारले आवश्यक परेमा यस्ता दूतलाई जुनसुकै बेला पदमुक्त गर्न सक्ने प्रावधान रहेको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com