धनुषा र काठमाडौंमा सुकुम्बासीहरुको विरोध प्रदर्शन
काठमाडौं । सरकारले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुम्बासीले प्रदर्शन गरेका छन् । सरकारको परिपत्रका आधारमा क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सूचना जारी गरेपछि सुकुमवासीले प्रदर्शन गरेका हुन् ।

विरोध गर्दै सुकुमवासीहरुले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।
सडकमा आगो बालेर प्रदर्शनमा उत्रिएपछि राजमार्ग समेत अवरुद्ध भएको थियो । नगरपालिकाले सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउन लागेको भन्दै सुकुम्बासीहरुले सशक्त आन्दोलनको चेतावनी दिएका छन् । प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन खोजिए ठिक नहुने बताउँदै आएका छन् ।
![]() |
![]() |
![]() |
|---|
यता काठमाडौंमा समेत भूमिहीन र सुकुम्बासीहरुलाई जबरजस्ती उठाइएको भन्दै उनीहरुले थाल चम्चा बोकेर विरोध प्रदर्शन गरेका छन् । सुकुम्बासी बस्तीमा डोजर चलाएर जबर्जस्ती उठीबास लगाइएको भन्दै आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले मानवअधिकारको सम्मान गर, विकासका नाममा विस्थापन बन्द गर, सुकुम्बासीको रगतले रंगिएका हात कहाँ गएर धुन्छौं लगायत नारा लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।
काठमाडौंको विरोध प्रदर्शन संयुक्त सुकुम्बासी मोर्चा नेपालको आह्रान भएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



