Close

Recent Posts

मनसुन २०८३: मौसम विभागले सार्वजनिक गर्‍यो सरदरभन्दा कम वर्षाको प्रक्षेपण

मनसुन २०८३: मौसम विभागले सार्वजनिक गर्‍यो सरदरभन्दा कम वर्षाको प्रक्षेपण
  • २५ बैशाख २०८३, शुक्रबार १४:२०

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

mulpatra

यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ । विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।

कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारी अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि यो विभिन्न भेगमा फरक–फरक छ ।

mulpatra mulpatra mulpatra

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।

यस वर्षको मनसुनमा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण
कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

Image Source: © https://mulpatra.com

यसैगरी मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको मौसमविद हुमागाइँले जानकारी दिए ।

यो प्रक्षेपण आगामी १८ जेठदेखि १४ असोजसम्म अवधिको हो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com