नेपाल, कृषि र राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षहरुले दिए राजीनामा
काठमाडौं– राजनीतिक नियुक्ति खाएका तीनवटै सरकारी बैंकका सञ्चालक समिति अध्यक्षले राजीनामा दिएका छन् ।

कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र नेपाल बैंकका अध्यक्ष प्राध्यापक डा. डिल्लीराज शर्माले राजीनामा दिएका हुन् ।
अर्थ मन्त्रालयले तीनवटै बैंकका अध्यक्षलाई मन्त्रालयमा बोलाएर राजीनामा दिन लगाएको जनाइएको छ ।
![]() |
![]() |
![]() |
|---|
अर्थ मन्त्रालयले तीनजनालाई नै मन्त्रालयमा बोलाएर राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेपछि उनीहरुले राजीनामा दिएका हुन् ।



