Close

Recent Posts

गुरुङले संघ चलाउन नसकेपछि सिण्डिकेट र आर्थिक चलखेलमा जोडिएका पुर्वअध्यक्ष गुहारे

आफुलाई अध्यक्ष बनाउने समुहनै ल्याए संयोजक

गुरुङले संघ चलाउन नसकेपछि सिण्डिकेट र आर्थिक चलखेलमा जोडिएका पुर्वअध्यक्ष गुहारेआफुलाई अध्यक्ष बनाउने समुहनै ल्याए संयोजक
  • २५ बैशाख २०८३, शुक्रबार १६:२८

काठमाडौं – वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वमा कमजोर देखिएपछि अन्ततः संघ सञ्चालनका लागि पूर्वअध्यक्षहरुाई उनैले गुहारेका छन् ।

mulpatra

निर्णय क्षमता कमजोर हुँदा संघभित्र असन्तुष्टि बढ्दो छ भने व्यवसायीहरू नै नेतृत्वप्रति प्रश्न उठाउन थालेका छन् । यसैका कारण उनले अहिले पुर्वअध्यक्षहरुको पछाडी बसेर काम गर्न लागि परेका छन् ।

सम्पूर्ण अग्रज पूर्व अध्यक्ष, नेतृत्वकर्ता, सल्लाहकार तथा विद्वान् व्यक्तित्वहरूलाई ‘मन्त्रालय समन्वय समिति’ को सदस्य रहनु भएको जानकारी गराउँदै हार्दिक अनुरोध गरेको अध्यक्षले सूचना संघमै हालेका छन् ।

mulpatra mulpatra mulpatra

‘मन्त्रालय समन्वय समिति’मा प्रम कटुवाल, रोहन गुरुङ र हेम गुरुङ छन् । कटुवाल र हेक गुरुङ सिण्डिकेटसँगै आर्थिक चलखेलमा जोडिएका व्यवसायी हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिको निर्णयअनुसार वैदेशिक रोजगारसँग सम्बन्धित सबै प्रकारका विषयमा छलफल गरी सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्ने उद्देश्यले पूर्वअध्यक्ष प्रेम कटुवाललाई संयोजक उनले तोकेका छन् ।

उनी वैदेशिक रोजगारीमा अवसरका लागि जेपनि गर्ने व्यवसायीसँगै सिण्डिकेटधारी भनेर चिनिन्छन् । कटुवालले जापान रोजगारीमा सिण्डिकेट लगाउने ठुलै प्रयास गरेका थिए ।

Image Source: © https://mulpatra.com

अध्यक्ष गुरुङले हेम गुरुङलाई पनि संयोजक राखेका छन् । उनले कतार भिसा सेन्टरमार्फत वैदेशिक रोजगारी जाने कामदारका हकमा सिण्डिकेट खडा गरेका व्यवसायी हुन् । उनीहरुसँगै अध्यक्ष गुरुङले हेम गुरुङलाई समेत संयोजक तोकेका छन् । उनी कतार भिसा सेन्टरका सञ्चालक हुन ।

योसँगै अध्यक्ष गुरुङले पूर्व अध्यक्ष रोहन गुरुङलाई पनि राखेका छन् । उनै गुरुङ अध्यक्ष भएकै बेला सय कामदार पठाउन नसक्ने म्यानपावरलाई खारेजी गर्ने वैदेशिक रोजगार ऐनमा लागू भएको थियो । त्यतिबेला आफनै पार्टीको मन्त्री भएपनि गुरुङले केही गर्न सकेनन् ।

हाल उनले ८ जना मात्र कार्यसमितिलाई बुहमत ठानेर बैठक राख्दै आएका छन् । अघिल्लो साता संघका बहुमत पदाधिकारीसहित ११ जनाले राजिनामा दिएका थिए । जसमा डिमाण्ड र आर्थिक प्रलोमनामा पारी उनै गुरुङ सदस्य कृष्ण ढकाल र हिमा गुरुङलाई आफुतिर ताने ।

अहिलेको अवस्थामा आत्मसमीक्षा र ठोस कार्ययोजनाविना सुधारको अपेक्षा गर्नु कठिन छ । अध्यक्षकै अपरिपक्व वैदेशिक रोजगारी सुधारको अपेक्षा गरिएको समयमा नेतृत्वकै कमजोरीले यो क्षेत्र थचिनु मात्र होइन, झन् प्रभावहीन बन्दै गएकोप्रति व्यवसायी नै चिन्तित छन् ।
सरकारसँग नीतिगत सुधारका लागि ठोस पहल गर्नुपर्ने ठाउँमा संघले दबाब सिर्जना गर्न सकेको छैन । बरु ‘फ्रि भिसा–फ्रि टिकट’ जस्ता बहसमा स्पष्ट रणनीति नल्याउँदा कामदार पनि अन्योलमा छन् र व्यवसायी पनि असन्तुष्ट ।

उनको नेतृत्वमा रहेको संघले स्पष्ट दृष्टिकोण, सशक्त पहल र समन्वयकारी भूमिका देखाउन नसक्दा समस्या झन् थिचिँदै गएका छन् । जसका कारण सम्बन्धीत मन्त्रालयले समेत यस क्षेत्रलाई प्रथामिकतामा राखेको छैन ।

सरकारसँग नीतिगत सुधारका लागि प्रभावकारी दबाब सिर्जना गर्नुको सट्टा संघ भित्रैको विवाद र असमझदारीमा अल्झिएको देखिन्छ । यसको मुख्य समस्या नै अध्यक्षमा देखिन्छ ।

नेतृत्व जिम्मेवार, दूरदर्शी र परिपक्व नभएसम्म वैदेशिक रोजगारी क्षेत्र केवल थिचिने होइन, निरन्तर उपेक्षित र हेपिएको क्षेत्रकै रूपमा रहिरहने जोखिम बढ्दै गएको प्रष्ट देखिन्छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com