Close

Recent Posts

हिजो विदेशबाट छोराले घण्टीमा भोट हाल्न लगायो, आज भोट हालेकैले उठीवास लगाएः दुर्गा प्रसाई

हिजो विदेशबाट छोराले घण्टीमा भोट हाल्न लगायो, आज भोट हालेकैले उठीवास लगाएः दुर्गा प्रसाई
  • २६ बैशाख २०८३, शनिबार १९:५३

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई ले घण्टी चुनाव चिन्हमा मतदान गराउनेहरू अहिले पछुतो मानिरहेको टिप्पणी गरेका छन्।

mulpatra

भक्तपुरस्थित आफ्नै निवासमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशमा रहेका नेपालीहरूले परिवारलाई दबाब दिएर घण्टीमा भोट हाल्न लगाएको तर अहिले त्यही निर्णयले धेरै परिवार समस्यामा परेको दाबी गरे। ‘हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फोन गरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेका थिए, आज नेपालबाट आमाबुबाले अब घर नै छैन, कुन घर फर्किन्छस् भनेर भन्न थालेका छन्,’ उनले भने।

प्रसाईँले वर्तमान सरकार र बालेन शाह माथि गरिब तथा श्रमिक वर्गविरुद्ध काम गरेको आरोप लगाए। सुकुम्बासी बस्तीमा डोजर चलाउँदा हजारौँ नागरिकको जीवनभरको मेहनत र सपना एकैपटक ध्वस्त भएको उनको भनाइ थियो।

mulpatra mulpatra mulpatra

उनले मजदुरी गरेर, भारी बोकेर, गिट्टी कुटेर र साना व्यवसाय गरेर बनाइएका घरहरू भत्काउँदा राज्यले गरिबको पीडा नबुझेको आरोप लगाए। ‘घर मात्रै भत्किएका छैनन्, गरिबका सपना पनि चकनाचुर भएका छन्,’ उनले बताए।
पत्रकार सम्मेलनमा प्रसाईँले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोग गरेर फाँसीवादी शैलीमा शासन चलाउन खोजिएको आरोपसमेत लगाए।

उनले बालेन नेतृत्वको शक्ति केन्द्रीकरणप्रति आपत्ति जनाउँदै शक्ति भनेको जनता हो भन्ने कुरा बिर्सन नहुने बताएका छन् । धनी वर्ग केन्द्रित शहर निर्माण गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले मजदुर, चालक, खलासी, मोची, नाइलगायत श्रमिक वर्गलाई विस्थापित गर्ने नीति खतरनाक भएको टिप्पणी गरे।

सरकारले न्यायालयमाथिसमेत हस्तक्षेप गरेको आरोप लगाउँदै प्रसाईँले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर न्याय प्रणालीको गरिमा कमजोर बनाइएको बताए। उनले चुनावअघि नै दलहरूलाई एक ठाउँमा उभ्याएर निर्वाचनमा जान सुझाव दिएको स्मरण गर्दै वर्तमान राजनीतिक परिस्थितिले आफ्नो आशंका सही सावित हुँदै गएको दाबी गरे। साथै उनले आज घण्टीमा भोट हालेका धेरै मानिस एक महिनामै लुक्ने अवस्थामा पुगेका छन् भन्दै जनतामा निराशा बढ्दै गएको टिप्पणी गरे।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com