Close

Recent Posts

सरकारले सेबोन अध्यक्ष चयन गर्न नसक्दा शेयर बजारमा अन्योल

सरकारले सेबोन अध्यक्ष चयन गर्न नसक्दा शेयर बजारमा अन्योल
  • २७ बैशाख २०८३, आईतवार ०९:२५

काठमाडौं । शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वविहीन हुँदा शेयरबजार स्थिर हुन सकिरहेको छैन ।
सरकारले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाए पनि पारदर्शिता, स्पष्ट मापदण्ड र विश्वसनीय मूल्यांकन प्रणाली नदेखिँदा बजारमा अन्योल बढेको छ । अध्यक्ष चयन प्रक्रिया लम्बिँदै जाँदा शेयर बजारमा मनोवैज्ञानिक प्रभाव समेत देखिन थालेको छ ।

mulpatra

सार्वजनिक पदाधिकारीको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ अनुसार सेबोन अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरिएको थियो । ४७ जना उम्मेदवारले आवेदन दिएको बताइए पनि छनोट प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने स्पष्ट कार्यविधि सार्वजनिक गरिएको छैन ।

विगतमा उम्मेदवारको बिजनेस प्लान, प्रस्तुतीकरण र अन्तर्वार्तालाई महत्वपूर्ण आधार मानिने गरिन्थ्यो । तर यसपटक भने केवल बायोडाटाको आधारमा प्रारम्भिक छनोट गर्ने तयारी भएपछि निजी क्षेत्र र पुँजी बजारका सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।

mulpatra mulpatra mulpatra

छनोट समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले स्वार्थ बाझिने कारण देखाउँदै राजीनामा दिएपछि प्रक्रिया थप अन्योलमा परेको छ । हाल समितिमा अर्थसचिव घनश्याम उपाध्याय र बैंकर भुवनकुमार दाहाल मात्र रहेका छन् ।

अर्थ मन्त्रालयले केही दिनभित्र नयाँ संयोजक नियुक्त गरेर प्रक्रिया अघि बढाउने जनाएको भए पनि बजारले त्यसलाई विश्वासका साथ हेर्न सकेको छैन ।

पुँजी बजार विश्लेषकहरूका अनुसार सेबोन अध्यक्ष चयनमा भएको ढिलाइले बजारमा नीति अन्योल बढाएको छ ।
नयाँ स्टक एक्सचेन्ज अनुमति, ब्रोकर लाइसेन्स विस्तार, मर्चेन्ट बैंकिङ सुधार, कमोडिटी एक्सचेन्ज सञ्चालन, आईपीओ स्वीकृति र प्रिमियममा शेयर निष्कासन जस्ता महत्वपूर्ण निर्णयहरू लामो समयदेखि प्रभावित भइरहेका छन् ।

Image Source: © https://mulpatra.com

यही कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा पुगेका छन् । बजारमा एक दिन उच्च वृद्धि र अर्को दिन तीव्र गिरावट देखिनुको एउटा कारण नियामकीय अनिश्चितता पनि भएको जानकारहरूको भनाइ छ ।

विशेषगरी ठूलो लगानी गर्ने संस्थागत लगानीकर्ताहरू स्पष्ट नीति र स्थिर नेतृत्व नहुँदा सतर्क देखिएका छन् ।
सेबोनमाथि विगतदेखि नै विभिन्न प्रश्न उठ्दै आएका छन् ।अध्यक्ष नियुक्ति योग्यता र अनुभवभन्दा बढी राजनीतिक भागबन्डा तथा शक्ति केन्द्रको प्रभावमा हुने आरोप लाग्दै आएको छ । बजारसम्बन्धी गोप्य जानकारीको दुरुपयोग गरेर नजिकका व्यक्तिहरूलाई लाभ पुर्‍याउने प्रवृत्ति रोक्न सेबोन प्रभावकारी बन्न नसकेको आलोचना छ ।

आईपीओ अनुमति, हकप्रद स्वीकृति, ब्रोकर लाइसेन्स र नयाँ वित्तीय उपकरण स्वीकृतिमा स्पष्ट मापदण्ड नदेखिएको आरोप लाग्ने गरेको छ । पुँजी बजारको व्यवहारिक अनुभव भएका व्यक्तिलाई भन्दा प्रशासनिक पृष्ठभूमिका व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्तिले बजारमैत्री सुधार प्रभावित भएको टिप्पणी हुँदै आएको छ ।
सेबोनका सकारात्मक पक्ष पनि

अहिले नेपालको पुँजी बजारलाई बजारको लगानी मनोविज्ञान वित्तीय प्रणाली बुझेको नेतृत्व आवश्यक छ । निजी क्षेत्रको अनुभव, नियामकीय समझ, प्रविधिमैत्री सोच र नीतिगत स्पष्टता भएका व्यक्तिलाई नेतृत्वमा ल्याउन नसके बजार सुधारको गति सुस्त हुने बुझ्नु जरुरी देखिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com