अमेरिका इरान तनाव, इरानले दियो जहाजमा हमला भए प्रत्याक्रमण गर्ने चेतावनी
ईरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकालाई कडा चेतावनी दिएको छ। आईआरजीसीको नौसेना कमाण्डले एक्समा पोस्ट गर्दै इरानका कुनै स्थानमा आक्रमण भए प्रत्याक्रमण गर्ने चेतावनी दिएको हो । एक्समा भनिएको छ यदि फारसको खाडी वा होर्मुज जलडमरूमध्यमा ईरानी तेल ट्यांकर र व्यापारिक जहाजमाथि फेरि हमला भयो भने अमेरिकी सैन्य ठिकाना र युद्धपोतहरूमा भीषण हमला गरिनेछ।

त्यसपछि आईआरजीसीको एयरोस्पेस फोर्सले अर्को पोस्टमा दाबी गर्दै ‘हाम्रा मिसाइल र ड्रोनहरू पहिले नै अमेरिकी सैन्य अड्डा र शत्रुका जहाजहरूमा लक्षित भइसकेका छन्, अब केवल आक्रमणको आदेशको प्रतीक्षा छ।’ यसले मध्यपूर्वमा फेरी तनाव बढाएको छ ।
उता, वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार अमेरिकाले ६ बुँदे मस्यौदा प्रस्ताव तयार र जसमा ईरानको जवाफको प्रतीक्षा भइरहेको जनाएको छ। राष्ट्रपति ट्रम्पले यसअघि पत्रकारहरूसँग कुरा गर्दै बिहान ९ बजे सम्म जवाफ आउने अपेक्षा गरिएको बताएका थिए। तर हालसम्म ईरानको औपचारिक प्रतिक्रिया आएको छैन।
![]() |
![]() |
![]() |
|---|
ईरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी प्रस्ताव अहिले समीक्षा प्रक्रियामा रहेको र उचित समयमा यसको जवाफ दिइने बताएका छन्। उनले अमेरिकाले तोकेको समयसीमा भन्दा पनि हामी आफ्नो काम आफ्नै समयमा गर्न लागिरहेको बताएका छन् ।



