१ दिनमा १ हजार ८५४ सवारी चालक कारवाहीमा
काठमाडौं । ट्राफिक प्रहरीको चेकजाँचका क्रममा पछिल्लो २४ घण्टामा १ हजार ८५४ सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्दा ४ लाख ४८ हजार राजस्व उठाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका लेन’अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो त्यसैगरि अनुसार मादक पदार्थ सेवन गरेको १२५,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण गर्न र अपराधिक घटना कम गर्न अभियान नै सन्चालन गरेर चेकजाँच भइरहेको समेत जनाएको छ । सडक अनुशासन कायम तथा सुरक्षित आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीले अभियान सञ्चालन गरिरहेको जनाएको छ।
![]() |
![]() |
![]() |
|---|



