Close

Recent Posts

राष्ट्र बैंकमा थन्कियो १० खर्ब, व्यवसायी लगानी गर्न डराएको हो ?

राष्ट्र बैंकमा थन्कियो १० खर्ब, व्यवसायी लगानी गर्न डराएको हो ?
  • २७ बैशाख २०८३, आईतवार १४:२३

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक बढ्दै जाँदा त्यसको ठूलो हिस्सा नेपाल राष्ट्र बैंकमै थन्किन पुगेको छ । पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको १० खर्बभन्दा बढी रकम विभिन्न मौद्रिक उपकरणमार्फत राष्ट्र बैंकमा जम्मा भएको छ ।

mulpatra

कर्जा माग कमजोर रहँदा बैंकहरूले लगानी गर्न नसकेको रकम राष्ट्र बैंकमा राखिरहेका हुन् । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा तथा ऋणपत्रमार्फत बजारको अतिरिक्त तरलता तानेर ब्याजदर व्यवस्थापन गरिरहेको जनाएको छ । अर्थतन्त्रमा माग पक्ष कमजोर हुनु, उद्योग–व्यवसाय विस्तारमा अन्योल बढ्नु र निजी क्षेत्र लगानीमा सतर्क बन्दा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको बैंकर्सहरूको भनाइ छ ।

अहिले बैंकिङ प्रणालीमा निक्षेप तीव्र रूपमा बढिरहेको भए पनि कर्जा विस्तार भने सुस्त बनेको छ । बैंकिङ प्रणालीमा करिब ८० खर्ब रुपैयाँ निक्षेप संकलन हुँदा कर्जा प्रवाह ५९ खर्ब रुपैयाँ हाराहारीमा सीमित छ । यसले बैंकहरूसँग ठूलो मात्रामा लगानीयोग्य स्रोत थुप्रिएको देखाएको छ ।

mulpatra mulpatra mulpatra

राष्ट्र बैंकले फेरी निक्षेप संकलन उपकरण जारी गर्दै बजारबाट थप तरलता खिच्ने तयारी गरेको छ । वित्तीय प्रणालीमा अहिले पनि करिब ४३ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकहरूले लगानी गर्न नसकेको पैसा २।७५ देखि ३ प्रतिशत हाराहारी ब्याजदरमा राष्ट्र बैंकमै राखिरहेका छन् ।

अर्थतन्त्र चलायमान नबन्दा र निजी क्षेत्र नयाँ लगानीमा हिच्किचाउँदा बैंकहरूको पैसा निष्क्रिय बन्दै गएको विश्लेषण गरिएको छ । निर्माण, उद्योग, व्यापार तथा रियल इस्टेट क्षेत्रमा अपेक्षित गतिविधि नबढ्दा कर्जा माग कमजोर बनेको छ ।

अर्थविद्हरूले बजारमा विश्वासको वातावरण निर्माण, नीतिगत स्थिरता र उत्पादनमुखी क्षेत्रमा लगानी प्रोत्साहन नगरेसम्म बैंकमा थुप्रिएको रकम अर्थतन्त्रमा प्रभावकारी रूपमा परिचालन हुन नसक्ने बताएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com