Close

Recent Posts

भोलीदेखि ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सञ्चालन हुने

भोलीदेखि ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सञ्चालन हुने
  • २७ बैशाख २०८३, आईतवार १५:०२

काठमाडौं । सरकारले बजारमा बढ्दो अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा सुरु हुन लागेको यो अभियान जेठ ३ गतेसम्म सञ्चालन हुनेछ ।

mulpatra

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले दैनिक उपभोग्य वस्तुको मूल्यमा पारदर्शिता कायम गर्दै उपभोक्तालाई ठगीबाट जोगाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइन् । अभियान अन्तर्गत स्थानीय तहहरूले आफ्नो क्षेत्रमा रहेका पसल तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिने र नियमित अनुगमन गर्नेछन् ।

जिल्ला प्रशासन कार्यालयहरूले बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै बजारमा हुने कालोबजारी, मूल्यवृद्धि र अनियमिततामाथि निगरानी बढाउने जनाइएको छ । केन्द्रीय तथा प्रदेशस्तरीय अनुगमन समितिले नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेछन् ।

mulpatra mulpatra mulpatra

सरकारले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिने गुनासा बढेपछि विशेष अभियान सञ्चालन गर्न लागेको जनाएको छ । अभियानमार्फत व्यापारी तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने, मूल्यसूची अनिवार्य कार्यान्वयन गराउने र बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । सरकारले नागरिक समाज, सञ्चारकर्मी र सरोकारवाला निकायलाई पनि बजार अनियमितताविरुद्ध खबरदारी गर्न आग्रह गरेको छ ।