Close

Recent Posts

बैदेशिक रोजगार व्यवसायी संघमा विवाद चुलिँदै, २ सय ७२ जनाको हस्ताक्षर सहित स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघले दियो धर्ना

बैदेशिक रोजगार व्यवसायी संघमा विवाद चुलिँदै, २ सय ७२ जनाको हस्ताक्षर सहित स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघले दियो धर्ना
  • २७ बैशाख २०८३, आईतवार १६:३६

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्रको विवाद थप चर्किँदै गएको छ । संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्व क्षमता माथि प्रश्न उठिरहेको बेला स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघले संघको कार्यालयमा धर्ना दिँदै २४ घण्टाभित्र समस्याको समाधान खोज्न अल्टिमेटम दिएको छ ।

mulpatra

स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा सम्पन्न विशेष भेलाबाट व्यवसायीहरूले विभिन्न निष्कर्षसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ लाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । २ सय ७२ जना व्यवसायीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा ४ बुँदामा विभिन्न माग राखेका छन् ।

वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारसँग प्रभावकारी समन्वय गरी व्यवसायिक नीतिहरुलाई दीर्घकालीन दृष्टिकोणमा लैजाने पहल गर्नुपर्ने, व्यवसायीको हक–हित र धरौटी रकम सम्बन्धी विद्यमान व्यवसायी मैत्री वातावरण निर्माण गर्न ठोस पहल गर्नुपर्ने, वैदेशिक रोजगार व्यवसायीहरुको आन्तरिक मतभेद अन्त्य गरी सम्पूर्ण व्यवसायीहरुलाई एकीकृत बनाएर साझा मुद्दाहरुलाई समयसापेक्ष सम्बोधन गरिनु पर्ने र सेवा शुल्क को वैज्ञानिक परिमार्जन र वैदेशिक श्रममाथि प्रमाणिकरण हुने ढिलाइलाई अन्त्य गर्ने कदम चालिनु पर्ने माग राखेर धर्ना दिएका छन् ।

mulpatra mulpatra mulpatra

भेलामा सहभागी व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्र नीतिगत अन्योल, व्यवसायिक असुरक्षा तथा प्रक्रियागत जटिलताबाट प्रभावित भएको भन्दै तत्काल सुधारको आवश्यकता औंल्याएका छन् । उनीहरूले व्यवसायीको हकहित संरक्षण, धरौटी रकम सम्बन्धी व्यवसायीमैत्री वातावरण निर्माण, सेवा शुल्कको वैज्ञानिक परिमार्जन तथा श्रम स्वीकृति र प्रमाणिकरण प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्न माग गरेका छन् ।

भेलाले संघभित्र देखिएको आन्तरिक विवाद अन्त्य गरी सम्पूर्ण व्यवसायीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । वैदेशिक रोजगार व्यवसायीहरु एक ठाउँमा उभिए मात्र व्यवसायीको हित हुने भन्दै भेलामा सहभागी व्यवसायी मानबहादुर विष्टले कार्यसमिति मिलेर आउनु पर्ने अझ संस्थाको नेतृत्व गर्ने २१ जना एक ठाउँमा उभिनु पर्ने बताएका छन् ।

केही दिन अघि मात्र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिवसहित ११ जना पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिनेहरूमा महासचिव महेश बस्नेत, प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष बैकुण्ठ प्रसाद पौडेल, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिँजाली लगायत रहेका छन् ।

Image Source: © https://mulpatra.com

उनीहरूले अध्यक्ष गुरुङको कार्यशैली संस्थागतभन्दा व्यक्तिगत ढंगले अघि बढेको आरोप लगाएका छन् । यसअघि महासचिवसहितको कार्यसमिति बैठकले अध्यक्ष गुरुङलाई स्पष्टीकरण सोधेको थियो भने त्यसलगत्तै अध्यक्षले पनि महासचिवलाई स्पष्टीकरण मागेका थिए । यता अध्यक्षले भने राजिनामा दिएकाहरुको राजिनामा स्वीकृत नगरेका कारण संघमा समस्या उत्पन्न भएको सहभागीले बताएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com