Close

Recent Posts

पूर्वमन्त्री विक्रम पाण्डे सहित २२ जना विरुद्ध मुद्दा दर्ता

पूर्वमन्त्री विक्रम पाण्डे सहित २२ जना विरुद्ध मुद्दा दर्ता
  • २७ बैशाख २०८३, आईतवार १७:१४

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री तथा विक्रम पाण्डे सहित २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।

mulpatra

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले संगठित साइबर अपराध, विद्युतीय प्रणालीमा अनधिकृत पहुँच तथा क्रिप्टो कारोबारसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

मुद्दामा शहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखाका कम्प्युटर अपरेटर दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, सागर कटुवाल, जीवनकुमार दास, अनिल श्रेष्ठ, टंककुमार श्रेष्ठ, अमृत बोहोरा, स्वदेश पोखरेल, प्रकाश ढुंगाना, ऋषिकेश गौली, राहुलजंग कार्की, नारायणप्रसाद सिटिखु, इन्द्रबहादुर बोहोरा, शान्तकुमार श्रेष्ठ, निरञ्जन खनाल, कृष्णबहादुर खत्री, ज्योति सुवेदी, सरोज दाहाल र सुजन अधिकारीलगायतलाई प्रतिवादी बनाइएको छ ।

mulpatra mulpatra mulpatra

सीआईबीले अनुसन्धानका क्रममा १२ जनालाई पक्राउ गरेको थियो भने अन्यलाई फरार प्रतिवादी कायम गरिएको छ । अनुसन्धान अनुसार आरोपीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्मेन्ट प्रोक्युरमेन्ट प्रणालीमा पहुँच बनाएर ठेक्काको बिडिङ विवरण परिवर्तन गर्ने, ठेक्का मिलाइदिने तथा त्यससम्बन्धी समन्वय ह्वाट्सएपमार्फत गर्ने गरेको खुलेको छ ।

उनीहरूले सन् २०२३ देखि क्लाउड सर्भर प्रयोग गरी बिडिङ मूल्यमा हेरफेर गर्दै क्रिप्टो कारोबारसमेत गरेको अभियोग लगाइएको छ । सरकारी वकिल कार्यालयले प्रतिवादीहरूलाई साइबर अपराधसँगै क्रिप्टो कारोबारसम्बन्धी कसुरमा समेत सजायको मागदाबी गरेको छ ।