मधेशमा कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने
काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ । आज बसेको ४ दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्।

हाल कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव मधेसमा मुख्यमन्त्री छन् । जनमत पार्टीभित्र विवाद देखा परिरहेको बेला आज बसेको ४ वटा सत्ता साझेदार दलहरूको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका हुन्।
जनमतबाट सरकारमा २ जना मन्त्री छन्। पार्टीले संसदीय दल नेता परिवर्तन गरेर मन्त्रीहरूलाई फिर्ता आउन भनेको छ तर मन्त्रीहरूले अस्वीकार गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
कांग्रेसबाट दल नेता यादव, जसपा दल नेता सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टी दल नेता युवराज भट्टराई र लोसपा नेपाल दल नेता जयनुल राइनले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन्।



