Close

Recent Posts

आजदेखि बजेट अधिवेशन सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुने

आजदेखि बजेट अधिवेशन सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुने
  • २८ बैशाख २०८३, सोमबार ०७:१५

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आज देखि सुरु हुँदैछ । आजको संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।

mulpatra

नेपालको संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।

अपरान्ह २ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पछि ४ बजे राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ।

mulpatra mulpatra mulpatra

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ।

यसैगरी, सरकारबाट जारी भएका अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।