सुकुम्बासी पुराना दलले भोट बैंकका रुपमा मात्र प्रयोग गरेः रबि लामिछाने
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी समस्या समाधान गर्न सरकार लागि परेको बताएका छन् । आज पार्टीका सांसदलाई प्रशिक्षण कार्यक्रममा सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गरिने उनले बताएका छन् ।

लामिछानेले सुकुम्बासीका विषयमा उठेका विषय र सरकारले चालेको कदमबाट कोही आत्तिन नपर्ने बताएका छन् । उनले भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिलाएर छाडिने बताए ।
सुकुम्बासीको समस्याबारे बोल्दै उनले भने ‘खोलाको छेउमा अव्यवस्थित रुपमा, असुरक्षित ढंगले बस्नुभएका र हाकाहाकी, देखादेखी, सोझै गैरकानुनी रुपमा हडपिएको अवस्थामा कदम चालिएको हो । त्यसबाहेक कसैले आत्तिनु पर्दैन । त्यसका लागि छाती थापिएकै छौ निm सबैलाई लालपुर्जा दिन्छौं’ । साथै उनले सुकुम्बासी समस्स्या ३० वर्षदेखि पुराना दलहरुले खडा गरेको समेत आरोप लगाए । उनले भने ‘छाति त हाम्रो थापिएको छ । हामीले छाति थापिरहन्छौं, भूमिहीनले जग्गा नपाएसम्म । यो समस्या स्थायी रुपमा समाधान गर्छौं ।’
![]() |
![]() |
![]() |
|---|
पुराना राजनीतिक दलहरुले भोट बैंकका रुपमा प्रयोग गर्न खडा गरिएको सुकुम्बासी समस्या रास्वपाले समाधान गर्ने समेत उनले बताएका छन् । रास्वपाका कारण एउटा घर पनि सुकुमवासी नबनेको भन्दै भए देखाउन चुनौति दिए ।
देश पहिले ट्र्याक बाहिर रहेकोले रास्वपा सरकारले ट्र्याकमा ल्याउने कोसिस गरिरहेको उनको भनाइ थियो ।



