Close

Recent Posts

टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चक्कामा लाग्यो आगो

टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चक्कामा लाग्यो आगो
  • २८ बैशाख २०८३, सोमबार ०८:१९

काठमाडौं । काठमाडौं विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको विमानको चक्कामा आगो लागेको छ । अवतरण गर्ने क्रममा चक्कामा लागेको आगो तत्काल दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको छ ।

mulpatra

विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उक्त विमानमा यात्रा गर्ने यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

mulpatra mulpatra mulpatra

विमान इस्तानबुलबाट काठमाडौं आएको थियो । विमान बिहान पौने सात बजेतिर अवतरण गरेको थियो ।

विमान धावनमार्गमा रोकिएपछि अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको भने विमानलाई ट्याक्सी वे तर्फ लगेर पुनः उडान सुचारु गर्न लागिरहेको छ ।