Close

Recent Posts

देशभर राष्ट्रिय सरसफाइ सप्ताह सुरु

देशभर राष्ट्रिय सरसफाइ सप्ताह सुरु
  • २८ बैशाख २०८३, सोमबार १०:२८

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरेको छ । यो अभियान जेठ १ गतेसम्म सन्चालन हुने गरि आज स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पताल सरसफाई शुरु गरेर औपचारिक उद्घाटन गरेकी छिन् ।

mulpatra

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई अभियानामा सहभागी हुन निर्देशन दिएको छ । यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने लक्ष्य सरकारले लिएको छ ।
सरकारले सरकारी कार्यलयको हाताभित्र दुई प्रकारको डस्बीन, कुहिने र नकुहिने राख्ने व्यवस्था गर्ने, सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइने, खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइने व्यवस्था गर्ने भएको छ । त्यसैगरि हात धुने स्थान सबैतिर राख्नुपर्ने, त्यसमा साबुन पानी अनिवार्य व्यवस्थापन गर्नुपर्ने र दैनिक सफाईको अभिलेख राख्नुपर्ने जस्ता कुरालाई लागु गर्ने जनाएको छ ।

त्यसका साथै कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्ने, पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने, कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइने र सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताइएको छ ।

mulpatra mulpatra mulpatra

यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक सरसफाइ सम्पर्क व्यक्ति तोक्नुपर्ने र प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।