Close

Recent Posts

मन्त्रीपरिषद् बैठक बस्दै, आज सदनमा पेश हुने नीति तथा कार्यक्रम पास गरिने

मन्त्रीपरिषद् बैठक बस्दै, आज सदनमा पेश हुने नीति तथा कार्यक्रम पास गरिने
  • २८ बैशाख २०८३, सोमबार १०:५३

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोही अनुसार मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ ।

mulpatra

बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरि पारित गर्ने तयारी गरेको छ ।

आज देखि सुरु संसदको बजेट सत्रमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने र आजै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

mulpatra mulpatra mulpatra

दिउँसो २ बजे संसद बैठक बस्ने र ४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । सरकारले आगामी वर्षको प्राथमिकता, विकास योजना, सुशासन, पूर्वाधार, अर्थतन्त्र सुधार तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषय नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेको जनाइएको छ ।