रास्वपाले सार्वजनिक गर्यो पालिका र जिल्ला तहका अधिवेशन
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको तयारी गर्दै वडा, पालिका र जिल्ला तहका पार्टी संयन्त्रको अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले संगठन विस्तार र अधिवेशन प्रक्रियाबारे विस्तृत छलफल गर्दै विभिन्न तहका अधिवेशनको मिति तय गरेको हो।

कार्यतालिका अनुसार पहिले बाँकी रहेका स्थानीय तहका वडाहरूमा जेठ २ गतेदेखि अधिवेशन प्रक्रिया शुरु गरिनेछ। त्यसैगरी पालिकास्तरका अधिवेशन जेठ १७ गते आयोजना गरिनेछन्। रास्वपाले निर्वाचनअघि नै पार्टीले ४ सय ५२ वडा र ६२ पालिकामा अधिवेशन सम्पन्न गरिसकेको थियो। २०८२ साल फागुनमै महाधिवेशन गर्ने तयारी गरे पनि प्रतिनिधिसभा निर्वाचनका कारण उक्त प्रक्रिया स्थगित भएको थियो।
जिल्ला अधिवेशनका लागि भने जेठ २३ र २४ गतेको मिति निर्धारण गरिएको छ। प्रवक्ता मनिष झा का अनुसार, प्रदेश तथा केन्द्रीय महाधिवेशनको मिति भने अझै तय हुन बाँकी रहेको छ।
![]() |
![]() |
![]() |
|---|



