Close

Recent Posts

३ सय व्यवसायीले संघ घेरे, अध्यक्ष सिण्डिकेटकै टयाग लागेका गुरुङ र कटुवालसँग होटलमा मिटिङ

अध्यक्षसँग सरकारी कर्मचारी नै छलफल गर्दैनन् (भिडियो)

३ सय व्यवसायीले संघ घेरे, अध्यक्ष सिण्डिकेटकै टयाग लागेका गुरुङ र कटुवालसँग होटलमा मिटिङअध्यक्षसँग सरकारी कर्मचारी नै छलफल गर्दैनन् (भिडियो)
  • २८ बैशाख २०८३, सोमबार १२:०८

काठमाडौं– वैदेशिक रोजगार व्यवसाय संघ असन्तुष्ट व्यवसायीले घेर्ने थालेका छन् । हिजो करिब ३ सय व्यवसायीले संघ घेरे ।

mulpatra

व्यवसायीले संघमा असन्तुष्टि पोखिरहेका बेला भुवन गुरुङ भने सिण्डिकेटको आरोप लागेका सिण्डिकेटधारी व्यवसायीसँग छलफलमा होटलमा व्यस्त र्थि ।

उनले हिजो असन्तुष्ट व्यवसायी छलफल गर्नुको साट्टो सिण्डिकेटको टयाग लागेका हेम गुरुङ र प्रेम कटुवालसँग होटलमा छलफलमा व्यस्त थिए ।

mulpatra mulpatra mulpatra

गुरुङ कतार भिसा सेन्टर चलाएर कतार जाने कामदारसँग रकम असुली गदै आएका व्यवसायी हुन् । भने कटुवाल भने वैदेशिक रोजगारी क्षेत्रमा अवसरका लागि काम गदै आएका व्यवसायी हुन् । उनले पछिल्लो जापानको रोजगारीमा सिण्डिकेट लगाउन ठुलै चलखेलमा थिए ।

सिण्डिकेटधारीसँग होटलमा छलफलमा रहेको भन्दै व्यवसायीहरूले प्रश्न उठाएका छन् । तर यसमा विषयमा संघका अध्यक्षले तत्काल केही जवाफ दिएनन् । उनले फोन समेत उठाएनन् ।

अध्यक्ष गुरुङसँग अहिले सरकारी कर्मचारीसमेत औपचारिक छलफल गर्न इच्छुक देखिँदैनन् । संघभित्र समन्वय कमजोर बन्दै जाँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्यक्षसँग संवादसमेत प्रभावहीन बनेको आरोप व्यवसायीहरूले लगाएका छन् ।

Image Source: © https://mulpatra.com

व्यवसायीका समस्या समाधान, नीतिगत पहल र सरकारी निकायसँग सम्बन्ध सुधार गर्नुपर्ने बेला नेतृत्व भने विवाद र समूहगत घेराबन्दीमा अल्झिएको टिप्पणी हुन थालेको छ । यसको मुल समस्या अध्यक्ष भएको व्यवसायीकै आरोप छ ।

म्यानपावर व्यवसायीहरू संघको नेतृत्व व्यवसायीका समस्या समाधानभन्दा सीमित समूहको स्वार्थ र शक्ति सन्तुलनमा केन्द्रित भएको आरोप लगाइरहेका छन् ।

संघ कार्यालयमा व्यवसायीको भीड बढिरहँदा नेतृत्व भने बन्द कोठाको रणनीतिमा अल्झिएको दृश्यले संघभित्रको दूरी र अविश्वास झन् गहिरिएको टिप्पणी हुन थालेको छ ।

यता वैदेशिक रोजगार विभागले समेत सानो मुद्दामा व्यवसायीलाई छापा हार्न काम गरिरहेको छ । सरकार र नेतृत्वकै कारण धेरै व्यवसायीहरु यो क्षेत्र छाड्न पक्षमा छन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका महासचिव मिलन कट्टेलले सरकारसँग छलफल गर्न नसक्ने अध्यक्षले राजिनामा दिनुपर्ने धारण राखेका थिए । व्यवसायीसँग छलफल गर्न नसकेपछि अध्यक्ष पुर्वअध्यक्षसँग छलफलमा बस्नुपर्ने कारण समेत उनले मागे ।

व्यवसायीलाई संम्बोधन गदै उनले व्यवसायी बोलाएर संघले नाटक गरेको भन्दै संघका सदस्य कृष्ण ढकाललाई सही छुट्याएर मात्र संघको नेतृत्वमा बस्न सुझाव दिए । तिम्रो दोहोरो चरित्रका कारण व्यवसायी संघ समस्या फसेको समेत उनको आरोप छ ।

यो भिडियो हेरौं

वैदेशिक रोजगार व्यवसायी संघमा असन्तुष्ट व्यवसायीको भीड बढ्दै गएको छ । विभिन्न माग र नेतृत्वप्रति असन्तुष्टि लिएर करिब ३ सय व्यवसायी संघ कार्यालय पुगेका बेला गुरुङ भने सिण्डिकेटको टयाग लागेका हेम गुरुङ र प्रेम कटुवाल सँग होटलमा छलफलमा रहेको भन्दै व्यवसायीहरूले प्रश्न उठाएका छन् ।

संघभित्र नेतृत्व व्यवसायीका वास्तविक समस्या समाधानभन्दा सीमित समूहको स्वार्थ जोगाउन केन्द्रित भएको आरोप चर्किंदै गएको छ । संघ कार्यालयमा व्यवसायीहरू नेतृत्व खोजिरहेका बेला अध्यक्षको होटल बैठकले संघको वर्तमान कार्यशैलीमाथि थप शंका उत्पन्न गरेको व्यवसायीहरूको भनाइ छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com