उपत्यकासहित हिमाल देखाउन भिलेज हाईल्याण्ड दक्षिण एसियाली ट्राभल अवार्ड्स २०२६ मा मनोनित९ हिमाल देखिन्छ
काठमाडौं– नेपालको पर्यटन तथा आतिथ्यता क्षेत्रमा सेवा दिँदै आएको भिलेज हाइल्याण्ड रिसोर्ट प्रतिष्ठित दक्षिण एसियाली ट्राभल अवाड्र्स (SATA) २०२६ का लागि मनोनयनमा परेको छ ।

भक्तपुरको सूर्यविनायक–८ र काभ्रेको पनौती–१ को संगमस्थल रानीकोट क्षेत्रमा अवस्थित रिसोर्ट प्राकृतिक वातावरण, शान्त तथा पारिवारिक बसाइ, पर्यटकमैत्री संरचना र उत्कृष्ट आतिथ्य सेवाका कारण आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बन्दै गएको बताइएको छ
दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने (SATA) अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ ।
![]() |
![]() |
![]() |
|---|
यस वर्ष भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा परेसँगै नेपाली पर्यटन क्षेत्रका लागि समेत यो महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत (SATA) २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकहरूलाई अनलाइन भोट गर्न आग्रह गरेको छ ।
दक्षिण एसियाली ट्राभल अवाड्र्स (SATA) सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो ।
Image Source: © https://mulpatra.com
रिसोर्टबाट काठमाडौं उपत्यकासहित लाङटाङ हिमाल हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसका कारण समेत यो खास मानिन्छ ।
रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको व्यवस्थापनले जनाएको छ ।
रिसोर्ट परिसरमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको अनुभव लिन सकिने व्यवस्था रहेको छ । साथै ऐतिहासिक रानीकोट किल्ला सहित आसपासका धार्मिक तथा प्राकृतिक स्थलहरूको भ्रमणसमेत गर्न सकिन्छ ।
अवाड्समा नेपाल, भारत, श्रीलङ्का, माल्दिभ्स, भुटान तथा बंगलादेश लगायत दक्षिण एसियाली मुलुकका पर्यटन तथा होटल व्यवसायबीच प्रतिस्पर्धा हुने गर्दछ ।

सञ्चालक तथा अध्यक्षको सोच नै पर्यटकमैैत्री
ऐतिहासिक र मनोरम स्थानका रुपमा प्रख्यात भक्तपुरको रानीकोटमा सुविधा सम्पन्न भिलेज हाईल्याण्ड रिसोर्ट पूर्णक्षमता भित्र पर्छ ।
सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान (१९५० मिटर) उचाइमा रिसोर्ट बनाइएको छ ।
५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा जग्गाको मूल्यबाहेक २५ करोड लगानी गरेको होटल सञ्चालक समितिका अध्यक्ष रामसुन्दर बके हुन । उनको सोच नै पयर्टकमैत्री छ ।
होटल परिसरबाट नै १ सय ८० डिग्रीमा हिमालहरु देख्न सकिन्छ । होटल परिसरबाट आठ हजार मिटर अग्लो मनास्लु, धौलागिरी, लाडटाङ, पुवरी, गौरीशंकर, दोर्जे लाक्पा, चुमालिग, सिसापाड लगायत हिमाल अवलोकन गर्न सकिन्छ । काठमाडौं उपत्यकाका

रिसोर्टमा हाल चार वटा भवन छन् । २१ वटा कोठाहरु सन्चालनमा छन् । होटलका सबै रुमहरु डिलक्स छन् । होटलमा ३ वटा हलहरु छन्, जसमा ३० जना, ७० जना र १५० जना मानिस अटाउने क्षमता छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



