सुरजको लोक गीत लौका घिरौंलासँगै किन लिन्छन चासो सार्वजनिक
काठमाडौं – सुरज खनालको कथा तथा निर्देशनमा तयार भएको नयाँ नेपाली लोक गीत ‘लौका घिरौंला’ सार्वजनिक भएको छ ।

लोकदोहोरी क्षेत्रमा नयाँ स्वाद लिएर आएको यस गीतमा बिरु घर्ती मगर र सुनीता बुढा क्षेत्रीको मिठो स्वर सुन्न पाइन्छ भने गीतका शब्द तथा संगीत खुमराज घिमिरेले तयार गरेका थिए ।
भिडियोलाई चर्तीत युवा निर्देशक सुरज खनालको कथा तथा निर्देशन रहेको छ भने भिडियोमा ऐलेका चर्तीत कलाकार मुकुन्द भट्ट (मुकु) र जुना कार्कीको आकर्षक अभिनय देख्न पाइन्छ ।
![]() |
![]() |
![]() |
|---|

गाउँघरको मौलिक परिवेश, रमाइलो प्रस्तुति तथा मनोरञ्जनात्मक कथावस्तुले भरिएको भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।
गीतको कोरियोग्राफी नवीन पौडेलल ,सम्पादन विनोद बम र छायांकन शिव बि.के.ले गर्नुभएको छ भने पोस्ट प्रोडक्सन सन्सा फील्मस् ले गरेको छ ।
‘लौका घिरौंला’ अहिले खुमराज घिमिरेको अफिसियल YouTube च्यानलमार्फत सार्वजनिक भइसकेको छ। योसँगै खनालका किन लिन्छन चासो गीत पनि बजारमा आएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



