Close

Recent Posts

नयाँ सरकारले पनि दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी दिएनन्

नयाँ सरकारले पनि दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी दिएनन्
  • २८ बैशाख २०८३, सोमबार १९:५५

काठमाडौं– जिल्लाका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरुले सो रकम पाउन नसकेका हुन् ।

mulpatra

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिना देखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरुले तीन महिनादेखिको भुक्तानी गरेका छैनन् ।

उनका अनुसार जिल्लाबाट दूध लैजाने उद्योगमध्ये २५ प्रतिशतले नियमित भुक्तानी गर्ने गरेको भए पनि अन्यले भुक्तानी नदिँदा किसानहरु मर्कामा परेका हुन् ।

mulpatra mulpatra mulpatra

जिल्लामा दैनिक ३५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ ।

नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरु भुक्तानीमा समस्या देखिएपछि पुनः निरास बन्न थालेको उनले बताए । सङ्घले भुक्तानीमा समस्या देखिएसँगै आफ्नो उत्पादनलाई बजारीकरण गर्न तीन स्थानमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ ।

भरतपुर महानगरपालिका–१० को दूरसञ्चार रोड, चितवन मेडिकल कलेज पछाडि र वडा नम्बर ३ को बेलचोकमा मार्ट सञ्चालनमा ल्याएको हो ।

Image Source: © https://mulpatra.com

सङ्घको रत्ननगरमा रहेको आफ्नै डेरी उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरु मार्टमार्फत सेवाग्राहीमाझ पु¥याउने काम गर्दै आएको उनले बताए । मार्टमा दूध, घ्यू, पनिर, नौनी, खुवा, मोहीलगायतका सामग्री बिक्री वितरण गर्दै आएको उनले जानकारी दिए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com