लिपुलेकमा भारतले नाका खोलेर चलाउँदा सरकार कहाँ सुत्यो भनेर प्रसाईपछि हर्कले उठाए आवाज
काठमाडौं– नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईले पछिल्लो समय फेरि नेपाल–भारत सीमा विवादअन्तर्गत पर्ने लिपुलेकको विषय उठाएका छन् ।

उनले लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता नेपाली भूमि फिर्ता ल्याउन सरकार कमजोर बनेको आरोप लगाउँदै राष्ट्रवादको मुद्दा चर्काएका थिए ।
प्रसाईले बालेन सरकारलाई देशभित्र सत्ता र भागबण्डामा व्यस्त राजनीति, तर सीमा मिचिँदा राष्ट्रवाद सडकमा खोज्नुपर्ने अवस्था । दुर्गा प्रसाईले फेरि लिपुलेक उठाएका छन्, अब सरकार बोल्छ कि फेरि मौन बस्छ ? भन्ने प्रश्न समेत गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईले नेपाली सेनालाई सीमा सुरक्षामा पठायो कि सुमुम्वासी बस्तीमा पठायो भन्ने पनि उनको प्रश्न छ ।
सीमा बचाउन नसक्ने तर जनताको गरिब बस्तीमा पठाएर आतंक फैकलाउनुको कारण के हो ? भनेर उनले जवाफ मागेका थिए ।
आज श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले लिपुलेकलाई नाकाको रुपमा भारत सरकारले प्रयोग गर्दा नेपाल सरकार लुकेर बसेको टिप्पणी गरेका छन् । उनले पनि प्रसाईले जस्तै आवाज उठाएका छन् ।
Image Source: © https://mulpatra.com
‘लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार ? किन कुटनीतिक वार्ता गर्न सकेन ? हस्ताक्षरबिना कूटनीतिक नोटको भरमा किन लुकेर बसेको छ यो सरकार ?,’ साम्पाङको प्रश्न छ ।
प्रसाईले विशेषगरी नेपाल सरकारले सीमा विषयमा कडा कूटनीतिक पहल गर्न नसकेको, भारतीय पक्षले सडक निर्माण र आवतजावत बढाउँदा पनि राज्य मौन बसेको भन्दै आलोचना समेत गरेका थिए ।
उनले राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय भएकाले सबै राजनीतिक दल र सरकार एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् ।
लिपुलेकको विषय नेपालमा बेला–बेला राजनीतिक रूपमा पनि उठ्ने गरेको छ । नेपालले २०२० मा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूभागमा समेटेको थियो । त्यसपछि यो विषय झन् संवेदनशील बनेको थियो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



