Close

Recent Posts

उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने, ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’

उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने, ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’
  • २८ बैशाख २०८३, सोमबार १६:२७

काठमाडौ– सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो ।

mulpatra

उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गरिरहेका छन् ।

‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ,’ उनले वाचनका क्रममा भने ।

mulpatra mulpatra mulpatra

पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।

अहिले सहकारीको रकम फिर्ता गर्न सरकारले चक्रीय कोष बनाए पनि फरक फरक सहकारी संस्थाको छुट्टै खातामार्फत रकम फिर्ता हुँदै आएको थियो । अब भने एकीकृत कोष बनाउने लागिएको हो ।